वीरगञ्जमा हैजाको प्रकोप, दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द>
Action

वीरगञ्जमा हैजाको प्रकोप, दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द


वीरगञ्जमा हैजाको प्रकोप व्यापक बनेपछि नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द भएका छन्। महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरेको हो। पछिल्ला दिनमा समुदायस्तरमै संक्रमण फैलिन थालेपछि भीडभाड कम गर्ने र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भइसकेको छ भने १२९ जना उपचाररत छन्। वीरगञ्ज महानगरपालिका–११, १२, १३ र १६ नम्बर वडामा संक्रमण फैलिएको देखिएको छ। शुक्रबार राति मुर्ली टोलका स्थानीयमा पहिलो पटक लक्षण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। त्यसयता संक्रमण तीव्र रूपमा फैलिएको जनाइएको छ। ठाकुरका अनुसार पर्सा जिल्लामा पछिल्लो १० वर्षमा पहिलो पटक हैजाको महामारी देखिएको हो।

यसैबीच हैजासँग मिल्दोजुल्दो लक्षण भएका दुई जनाको मृत्यु भएको खबर आएको छ। मृतकमध्ये पोखरिया नगरपालिका–९ की एक महिला र वीरगञ्ज–१२ का एक पुरुष रहेका छन्। तर उनीहरूको मृत्यु हैजाकै कारण भएको हो वा होइन भन्नेबारे पुष्टि हुन बाँकी छ। परिवारका अनुसार उनीहरूमा झाडापखालाको लक्षण देखिएको थियो।

भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा लाग्छ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउनु प्रमुख मानिन्छ। समयमै उपचार नपाए यसले मृत्यु समेत डाक्न सक्छ।

संक्रमणको स्रोत पत्ता लगाउन जनस्वास्थ्य कार्यालयले प्रभावित ११ स्थानका पानीका नमुना संकलन गरी काठमाडौंस्थित टेकु स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको छ। यसबीच स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रमा सचेतना अभियानलाई तीव्र पारेका छन् भने विद्यालय बन्द गर्ने निर्णयले संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

author-img_1

Samyak Dristi

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart