उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गर्यो>
Action

उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गर्यो

प्योंगयाङ्। उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको जानकारी दिएको छ। उक्त परीक्षणका क्रममा देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित भई अवलोकन गरेका थिए।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार यी हतियारहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र ‘अद्वितीय प्रविधि’ प्रयोग गरिएको छ। यद्यपि प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन। परीक्षणमार्फत यी दुई प्रकारका मिसाइल विभिन्न हवाई लक्ष्य—जस्तै ड्रोन र क्रूज मिसाइल—नष्ट गर्न उपयुक्त रहेको प्रमाणित भएको केसीएनएले जनाएको छ।

यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकले दुई देशबिचको असैन्यीकृत क्षेत्र पार गरेपछि दक्षिण कोरियाले चेतावनी स्वरूप गोली चलाएको पुष्टि गरेको थियो। संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार ती सैनिकहरू क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए। उत्तर कोरियाले यस घटनामा दक्षिण कोरियामाथि ‘जानाजानी उक्साउने गतिविधि’ गरेको आरोप लगाएको थियो।

उक्त घटनापछि दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि व्यापक सैन्य अभ्यास सुरु गरेका छन्।


author-img_1

Samyak Dristi

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart